सरकार

मन्त्रिपरिषद् बैठक

गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नयाँ प्रदेश प्रमुख पठाउने निर्णय

इकागज |
फागुन २८, २०८० सोमबार १८:३३ बजे

काठमाडौँ- सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै बैठकले गण्डकीमा डिल्लीराज भट्ट, मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुखमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । उनले केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्नका लागि उक्त निर्णय गरिएको जानकारी दिइन् ।


त्यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गत विभिन्न समिति गठन गरेको छ । जसअनुसार राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्रीले गर्ने, आर्थिक पूर्वाधार समितिको नेतृत्व उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री, विधेयक समितिको नेतृत्व उपप्रधान एवं गृहमन्त्री, प्रशासन समितिमा उपप्रधान एवं परराष्ट्रमन्त्री र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीले नेतृत्व गर्ने प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै प्रवक्ता शर्माले नयाँ सत्ता गठबन्धनमा भएको सहमतिअनुसार राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाएको भन्दै यसमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताइन् ।


Author

थप समाचार
x