Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

सरकार

पहिलोपटक सांसद बनेका प्रदीपले स्वास्थ्य मन्त्रीमा बाजी मरे

इकागज |
असार ३१, २०८१ सोमबार १३:२२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेल नियुक्त भएका छन् ।

मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शेखर समूहबाट पौडेल नियुक्त भएका हुन । मन्त्रालयमा पुगेर पदभार पनि सम्हालिसकेका छन् ।


राष्ट्रपति कार्यालय शीतल निवासमा नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएपछि आजै २१ मन्त्री नियुक्त गरेका छन् ।

पौडेल पहिलोपटक सांसद बनेसँगै मन्त्री पनि बनेका हुन् । उनी काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन् । 


Author

थप समाचार
x