दल

कानुन कार्यान्वयनको अभावमा मानवअधिकार उल्लंघनका घटना रोक्न सकिएन : प्रदीप पौडेल

इकागज |
चैत १४, २०८० बुधबार २०:१६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कानुन कार्यान्वयनको अभावमा मानवअधिकार उल्लंघनको घटना रोक्न नसकिएको बताएका छन् । 

हव ब्रोडकास्टिङले बुधबार काठमाडौंमा आयोजना गरेको न्यायका लागि बहस कार्यक्रममा नेता पौडेलले कानुनले मानवअधिकारको प्रत्याभूति गरेको भएपनि अभ्यासमा कानून कार्यान्वयन हुन नसकेकाले मानवअधिकार उल्लंघनको घटना रोक्न नसकेको बताएका हुन् । 


उनले नागरिकले मानवअधिकारको सबै सिद्धान्तहरू प्रयोग गर्न नपाएको जिकिर गरे । अन्तराष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेपनि कार्यान्वयन नहुने अवस्थाको निरन्तर अनुगमन गर्नुपर्ने अवस्था देखिएको उनले बताए । 

उनले नेपालका दलहरूको मुख्य बिषय सत्ता प्राप्ति मात्रै भएकाले सत्ताका लागि सबै दर्शन र मान्यता छोड्न पनि तयार हुने देखिएको धारणा राखे । 

उनले नेपालमा नागरिक आन्दोलन समेत कमजोर भएकाले दिनहुँ मानवअधिकार उल्लंघनका घटनाहरू हुने गरेको देखिएको बताए । 


Author

थप समाचार
x