दल

प्रदीप पौडेलले भने - प्रधानमन्त्री नै अस्थिरताको पक्षपाती

इकागज |
फागुन ३०, २०८० बुधबार १७:५६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री नै अस्थिरताको पक्षपाती भएको देखिएको बताएका छन् । 

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा समेत प्रधानमन्त्री असफल देखिएको बताए । 


उनले सामान्यतया गठबन्धनको नेतृत्व गरेको व्यक्तिका कारण भन्दा पनि अन्य दलका कारण गठबन्धन भत्कने देखिएको तर अहिले प्रधानमन्त्रीकै कारण तीन पटक गठबन्धन परिवर्तन भएको अवस्थामा अहिलेको गठबन्धन पनि स्थिर हुन्छ भनेर भन्न नसकिने धारणा राखे । 

पौडेलले सरकारमा जाने कुरामा दलहरूले प्रयास गर्नु स्वभाविक रहेपनि राष्ट्रिय राजनीतिलाई हेर्दा पटक-पटक सरकार परिवर्तनले देशमा स्थिरता नदिने बताए । 

उनले सदनमा कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गरे । 


Author

थप समाचार
x