सरकार

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्‍त्री देउवा आज प्रदेश १ जाँदै

इकागज |
कात्तिक ७, २०७८ आइतबार ८:८ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि प्रदेश नम्बर १ का जिल्लाहरूमा जाने भएका छन् । क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश नम्बर १ भित्रका जिल्लाहरू जान लागेका हुन् । 

प्रधानमन्‍त्रीको सचिवालयकाअनुसार प्रधानमन्‍त्री देउवा बाढीपहिरो र डुवान प्रभावित पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथर जाने कार्यक्रम छ । चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरूसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाबारे जानकारी लिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।


प्रधानमन्त्री देउवा बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर फर्किएका थिए । देउवा बिहान ८ बजे गएर आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।


Author

थप समाचार
x