मन्त्रिपरिषद् बैठक
खरेल सचिवमा बढुवा, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्याम यादव
काठमाडौँ– आज बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगका सहसचिव शंकर खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । खरेल माघ ४ देखि सरकारी सेवाबाट अवकाश पाउँदैछन् । निकट भविष्यमा सेवानिवृत्त हुन लागेका उनलाई सरकारले निजामति सेवामा माथिल्लो दर्जासहित ओहोदा र राम्रो निवृत्तिभरणको सुनिश्चितता गरिदिएको छ ।
सचिवमा बढुवाका लागि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको सिफारिस समितिले बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।
त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादीत उपकुलपति डा. ज्ञानेन्द्र गिरीको ठाउँमा श्याम यादवलाई तदर्थ जिम्मेवारी दिने निर्णय भएको सरकारका एक मन्त्रीले बताए ।
उपकुलपति गिरीको शैक्षिक योग्यताको विषयलाई लिएर धरानमा लामो समयदेखि आन्दोलन भइरहेकोमा सरकारले ढिलै भएपनि उक्त मुद्दालाई सम्बोधन गरेको छ । विवादका बीच नयाँ नियुक्ती नगरेर तदर्थ जिम्मेवारी दिएको ती मन्त्रीले इकागजलाई बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया