सरकार

तयारी नपुगेकाे भन्दै सत्तारुढ गठबन्धनको बैठक स्थगित

इकागज |
माघ ६, २०७८ १३:५ बजे

फाइल फाेटाे

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ । बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे ।

‘४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । पुनः आज बस्ने गरी समय मिलाउँदै छौं,’ सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले भने । उनका अनुसार बैठकको तयारी नपुगेकाले केही समयका लागि स्थगित गरिएको हो ।


यसअघि गत मंगलबार पनि समितिकाे बैठक बसेकाे थियाे । मंगलबारकाे बैठकले संविधानले ताेकिएकै मितिमा स्थानीय तहकाे  निर्वाचन गर्नेबारे दलहरूबीच छलफल भएकाे थियाे । तर, कहिले भन्ने मिति उल्लेख गरिएकाे  थिएन ।  त्यसबारे सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच आज थप छलफल गर्ने बताइएकाे थियाे । 

निर्वाचन आयाेगले वैशाखमा स्थानीय तहकाे निर्वाचन गर्न सरकारलाई सु‌झाव दिएकाे छ । स्थानीय जनप्रतिनिधिकाे म्याद २०७९ जेठमा सकिँदै छ । 



Author

थप समाचार
ad
x