खाडी

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

इकागज |
बैशाख ३१, २०८० आइतबार १३:२ बजे

फाइल तस्बिर

काठमाडौँ- कतारमा रहेका नेपाली अभिभावकका सन्तानले पाँच वटा विद्यालयमा पढ्न पाउने भएका छन् । सबैका लागि शिक्षा भन्ने अभियानसहित कतारले नेपाली अभिभावकका सन्तानलाई अध्ययन गर्ने अवसर प्रदान गरेको हो ।

कतारस्थित नेपाली दूतावासका अनुसार अभिभावकसँग कतारको समयावधि भएको भिसा हुनुपर्नेछ । अहिलेसम्म कुनै पनि विद्यालय भर्ना नभएको हुनुपर्नेछ ।


दूतावासले पाँच वटा विद्यालयमा नेपाली अभिभावकका  सन्तानले भर्ना हुन पाउने जानकारी प्राप्‍त भएको बताएको छ ।

विद्यालयहरूको विवरण, सम्पर्क र भर्नासम्बन्धी आवश्यक विवरण फाउण्डेसनको वेभसाइटमा राखिएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

 

 


Author

थप समाचार
x