स्वास्थ्य

औषधि व्यवस्था विभागले किन रोक्यो १० प्रकारका औषधिको उत्पादन ?

इकागज |
मंसिर २६, २०८० मंगलबार १८:३८ बजे

तस्विरः फाइल फोटो

औषधि व्यवस्था विभागले किन रोक्यो १० प्रकारका औषधिको उत्पादन ?

काठमाडौँ- औषधि व्यवस्था विभागले १० प्रकारका औषधि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । औषधि मूल्यांकन समितिबाट प्राप्त रायअनुसार ती  औषधिहरू सुरक्षित नभएकाले विभागले उत्पादनमा रोक लगाएको हो । 


औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्म उत्पादन नगर्न र बजारमा बिक्री वितरणमा राेक लगाइएको औषधि व्यवस्था विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ ।

यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।


Author

थप समाचार
x