स्वास्थ्य

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

इकागज |
पुस २५, २०८० बुधबार २१:३६ बजे

फाइल फोटो

धनगढी - आज एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाका भएर १२० जना, बैतडीको झुलाघाट नाकाभएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन्।


सुदूरपश्चिममा विभिन्न नाका भएर आज भित्रिएका कुल ५३२ जना मध्ये १८६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 


Author

थप समाचार
x