स्वास्थ्य

बिहीबार काठमाडौँ उपत्यकामा थपिए ११३३ संक्रमित

इकागज |
साउन २८, २०७८ बिहीबार १८:० बजे

काठमाडौँ- बिहीबार काठमाडौँ उपत्यकामा एक हजार १३३ कोभिड संक्रमित थपिएका छन् । काठमाडौँमा ८११ , ललितपुर १९२ र भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा सक्रिय संक्रमित आठ हजार ११०,भक्तपुरमा एक हजार ३२९ र ललितपुरमा एक हजार ८८७ जना सक्रिय संक्रमित छन् । २४ घण्टामा १५ हजार ४६२ जनाको परीक्षण गर्दा तीन हजार २६० संक्रमित थपिएका छन् । त्यसैगरी दुई हजार २९४ संक्रमणमुक्त भएका छन् ।


देशभर सक्रिय संक्रमित ३८ हजार १८० जना छन् । आज ५६ हजार ८५३ जनाले खोप लगाएका छन् ।


Author

थप समाचार
x