स्वास्थ्य

सुदूरपश्‍चिममा स्क्रब टाइफसका १९६ बिरामी फेला

दीपक उपाध्याय |
भदौ २०, २०७८ आइतबार १६:४४ बजे

कैलाली - सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार, डेंगुलगायत रोगहका बिरामी बढेका छन् । सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको तथ्यांकअनुसार साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् । 

आर्थिक वर्ष २०७८-०७९ को साउन महिना यता कैलालीमा सबैभन्दा बढी ७७ जनामा स्क्रब टाइफस फेला परेको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओम जोशीले बताए । उनले कैलालीपछि दार्चुलामा ५४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको बताए । जसमा ६३ जना पुरुष र बाँकी १३३ जना महिला रहेको जोशीको भनाइ छ ।


त्यस्तै प्रदेशमा डेंगुका बिरामीसमेत फेला परेका छन् । साउन यता प्रदेश भरिमा २३ जना डेंगुका बिरामी फेला परेको जोशीले जानकारी दिए । उनका अनुसार कैलालीमामात्रै १४ जनामा डेंगु भेटिएको छ । त्यस्तै स्क्रब टाईफस र डेंगुसँगै यहाँ कालाजारका बिरामी पनि भेटिएका छन् । प्रदेशभरिमा २६ जना पुरुष र १३ जना महिला गरी ३९ जनामा कालाजार भेटिएको जोशीले जानकारी दिए । यस्तै कोभिड–१९ का ४११ जना संक्रमितसमेत साउन यता फेला परेका छन् । जसमा बझाङमा मात्रै २६८ जना रहेका छन् ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x