स्वास्थ्य

आइतबार थपिए ५९६ संक्रमित

इकागज |
असोज २४, २०७८ आइतबार १८:३२ बजे

फाइल तस्बिर

काठमाडौँ - देशभर ५९६ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ हजार ४०४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ५६५ र एन्टीजेन्ट विधिबाट १३ जनाकाे कोभिड परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ८७१ हजार जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ७५ हजार ९४३ जना संक्रमणमुक्त भइसकेका छन् । यस्‍तै पछिल्लाे चाैबिस घण्‍टामा काेभिडले १० जनाको मृत्यु भएकाे छ । हालसम्म देशभर ११ हजार २३१ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १५ हजार २४ जना छन् ।


आईसीयूमा ३२२ र भेन्टीलेटरमा ११३ उपचाररत छन् । होम आईसोलेशनमा १३ हजार ८५९, संस्थागत आईसोलेशनमा ११६५ र क्वारेन्टाइनमा २३४ जना छन् ।


Author

थप समाचार
x