स्वास्थ्य

उपत्यकामा थपिए २४३ संक्रमित

इकागज |
असोज २४, २०७८ आइतबार १८:३५ बजे

फाइल तस्बिर

काठमाडौँ - उपत्यकामा २४३ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौँमा १७२, ललितपुरमा ५३ र भक्तपुरमा १८ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित २०५७, संक्रमणमुक्त २ लाख ४२ हजार ३५१, मृत्यु २१६५ र कुल संक्रमित २ लाख ४६ हजार ५७३ संक्रमित छन् । भक्तपुरमा सक्रिय संक्रमित ६५०, संक्रमणमुक्त २८ हजार २९८, मृत्यु ४२९ र कुल संक्रमित २९ हजार ३७७ जना छन् ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ७६०, संक्रमणमुक्त ४७ हजार २०१, मृत्यु ६७२ र कुल संक्रमित ४८ हजार ६३३ संक्रमित छन् ।


Author

थप समाचार
x