स्वास्थ्य

उपत्यकामा सक्रिय संक्रमित २३९९, थपिए २२७ कोभिडका बिरामी

इकागज |
कात्तिक ८, २०७८ सोमबार १६:५० बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा २२७ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौँमा १८५ , ललितपुरमा ३३ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् । यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित २ हजार ३९९ जना छन् ।

काठमाडौँमा १३१७, ललितपुरमा ५४५ र भक्तपुरमा ५३७  जना छन् । काठमाडौँमा सक्रिय संक्रमित १३१७, संक्रमणमुक्त २ लाख ४५ हजार ४४९, मृत्यु २१८६ र कुल संक्रमित २ लाख ४८ हजार ९५२ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५४५ , संक्रमणमुक्त २८ हजार ६६३, मृत्यु ४३२ र कुल २९ हजार ६६३ जनामा संक्रमण देखिएको छ ।


त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५३७, संक्रमणमुक्त ४८ हजार ४१, मृत्यु ६८३ र कुल संक्रमित ४९ हजार २६१ जनामा संक्रमण देखिएको छ ।


Author

थप समाचार
x