स्वास्थ्य

कोशी अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरिन्छ : स्वास्थ्यमन्त्री खतिवडा

इकागज |
कात्तिक १०, २०७८ बुधबार १४:५६ बजे

मोरङ - स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोशी अस्पताललाई ५ सय शय्यामा विस्तार गरिने बताएका छन् । हाल ३ सय ५० शय्या रहेको अस्पताललाई स्तरोन्नति गर्दै ५ सय शय्यामा विस्तार गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

बुधबार कोशी अस्पतालको निरीक्षण एवम् अनुगमन गर्दै स्वास्थ्यमन्त्री खतिवडाले प्रदेश नम्बर १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रूपमा रहेकाले कोशी अस्पताललाई स्तरीय बनाउन सरकार लागिपरेको बताए ।  


संघीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउँदै यसले नागरिकलाई गुणस्तरीय एवम् उच्चस्तरीय सेवा प्रदान गर्न  आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । नागरिकलाई सहज र सरल एवम् गुणस्तरीय रूपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यक पर्ने दक्ष जनशक्ति व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले तत्काल श्यया थपको स्वीकृत दिएपछि श्यया अभावको समस्या अन्त्य हुनुका साथै ५० शय्याको आकस्मिक कक्षसमेत रहने उनले जनाए । मन्त्री खतिवडाले प्रदेशका अत्यधिक जनताको उपचारको केन्द्रको रूपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेको कारण यसको परिसरमा पाँच करोड रूपैयाँको  लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको बताए ।


Author

थप समाचार
x