स्वास्थ्य

विश्‍व स्वास्थ्य संगठनले भन्यो : ओमीक्रोन विश्‍वभरका लागि उच्च जोखिम

इकागज |
मंसिर १४, २०७८ मंगलबार १७:३० बजे

फाइल तस्बिर

काठमाडौँ-  विश्‍व स्वास्थ्य संगठनले कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरस विश्‍वका लागि खतरा रहेको संकेत गरेको छ । सोमबार संगठनले ओमीक्रोनले गम्भीर संकट पैदा गर्न सक्‍ने बताएको छ । संगठनका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले गरिब राष्‍ट्रलाई खोप उपलब्ध गराउन खोप उत्पादक मुलुकलाई आग्रह गरे ।

उनले चेतावनी दिदैँ भने,'हामीमाझ कोभिड-१९ छैन तर,यसको संकट निम्त्याउन सक्छ ।' 'ओमिक्रोन' भेरियन्ट केही साताअघि दक्षिण अफ्रिकामा फेला परेको थियो । यो भेरियन्ट उच्च गतिमा फैलने र अन्य भाइरसभन्दा यसको जोखिम बढी छ । भेरियन्टको चाँडो पत्ता लगाएकोले दक्षिण अफ्रिकाको संगठनले प्रंशसासमेत गरेको छ ।


‌'ओमीक्रोनले आफ्नो स्वरुप परिवर्तन गरी फैलनेछ । यसले थप महामारी फैलाउन सक्‍ने सम्भावना रहेको छ,' विश्‍व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

विश्‍वका वैज्ञानिकहरू नयाँ भेरियन्ट तीव्र रुपमा फैलने र संक्रमणको थप जोखिम रहेको संगठनले जनाएको छ । टेड्रोसले भनेका छन्,'वैज्ञानिकले खोप निर्माणको काम गरिरहेका छन् । यसलाई कसरी न्यूनीकरण गर्ने त्यसमा पनि ध्यान दिएका छन् ।'

ओमीक्रोनले कोभिड नसकिएको टेड्रोसले बताए । 'कोभिडको जोखिममा हामी सधैंभरी रहनेछौ,' उनको भनाइ छ । क्यानडा, युके, पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्स लगायतका मुलुकमा ओमीक्रोन देखा परिसकेका छन् ।

(एजेन्सी)

 

 

 

 

 

 


Author

थप समाचार
x