स्वास्थ्य

कोभिड-१९ अपडेट

थपिए ११२ जना संक्रमित, थप ४ जनाको मृत्यु

इकागज |
फागुन १४, २०७७ शुक्रबार १७:४ बजे

काठमाडौँ : नेपाालमा शुक्रबार थप ११२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । थपिएको यो संख्यासँगै नेपालमा २ लाख ७३ हजार ९८४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै थप ४ जनाको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म २७ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


त्यसैगरी थप ५४ जना संक्रमित कोभिडमुक्त हुँदा नेपालमा २ लाख ७० हजार २७७ जनाले कोभिड जितेका छन् । नेपालमा हाल ९३६ जना आइशोलेशनमा र ७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २१ लाख ५७ हजार ५८० वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x