घटना-दुर्घटना

म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु, चालक फरार

इकागज |
कात्तिक २, २०७९ बुधबार १५:५२ बजे

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालीका–८ सानो किशानमा आज गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय नर बहादुर राईका ७ वर्षीय छोरा पृथ्वी राई रहेका छन् । 


ना ३ च ५७५३ नम्बरको म्याजिकबाट आज मध्यान्ह १२ बजे खसेर गम्भिर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x