घटना-दुर्घटना

गुडिरहेको भ्यानबाट खस्दा बालककाे मृत्यु

इकागज |
कात्तिक २, २०७९ बुधबार १८:४५ बजे

काठमाडौं । महोत्तरीमा गुडिरहेको भ्यानबाट खसेर एक बालकको ज्यान गएको छ । बर्दिबास नगरपालिका–८, सानो किसानमा बुधबार गुडिरहेको भ्यानबाट खसेर स्थानीय सात वर्षीय पृथ्वी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ३ च ५७५३ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा निधन भएको हो ।


दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


Author

थप समाचार
x