घटना-दुर्घटना

खोले पकाउने क्रममा सल्किएको आगोले घर जल्याे

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १४:१४ बजे

खोटाङ- गाईबस्तुका लागि खोले पकाउने क्रममा सल्किएको आगोले खोटाङमा एक घर जलेको छ । घर नजिकैको मतानमा खोले पकाउने क्रममा बालेको आगोबाट सुरु भएको आगोले जन्तेढुंगा गाउँपालिका–५ चिसापानी भोर्लेका रवीन राईको मतानका साथै घर पनि जलेको हो । 

आगोले घरको माथिल्लो तलामा राखिएको काठपातसहित करिब पाँच लाख बराबरको सामान नष्ट भएको प्रहरीकाे भनाइ छ । प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।



Author

थप समाचार
x