घटना-दुर्घटना

पर्सामा निस्सासिएर दुई भारतीय मजदुरको मृत्यु

इकागज |
पुस २७, २०७९ बुधबार १९:८ बजे

प्रतिकात्मक तस्वीर

काठमाडौं–पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । 

वीरगन्ज महानगरपालिका– २२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निस्सासिएर मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीकाअनुसार मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर– ७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव रहेका छन् ।

पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुवै जनाको अक्सिजन कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले जानकारी दिए ।

डिपोको एकतले पक्की भवनको अल्मुनियमको झ्यालढोका भएको कोठाभित्र झ्यालढोका बन्द गरी उनीहरु मंगलबार राति सुतेका थिए । उनीहरु दुवै रेखालु हुन् ।

उनीहरुको शव भोलिपल्ट बिहान फेला परेको थियो । उनीहरु बिहान ढिलासम्म ननिस्केपछि डिपोका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडी भित्र पस्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले नारायणी अस्पतालबाट चिकित्सक लिई घटनास्थलमा अनुसन्धान अधिकृतको टोली पुगी शव जाँच प्रकृति मुचुल्का उठाएको थियो ।
 


Author

थप समाचार
x