सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीकाे मृत्यु

फाइल फोटो
भक्तपुर - भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एक जना सुरक्षाकर्मीकाे मृत्यु भएको छ ।
काठमाडौ नागार्जुन बस्ने ४३ वर्षका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक तीर्थ ढुंगेलकाे निधन भएको प्रहरीले जनाएको हो । आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्याइएकाे थियाे । उनकाे उपचारको क्रममा अस्पतालमै मृत्यु भएकाे भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
साे सम्बन्धमा अनुसन्धान भइरहेकाे परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया