घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु, छोरी घाइते

इकागज |
चैत १४, २०७९ मंगलबार १६:४० बजे

प्रतिकात्मक तस्बिर

ललितपुर। ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।

महांकाल गाउँपालिका–१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटनामा ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र उनकी ३४ वर्षीया श्रीमती सृजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सोही दुर्घटना मृतकका  ५ वर्षीया छोरी सृजला गम्भीर घाइते भएकी छन् । सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।​ उनीहरु सवार उक्त मोटरसाइकलमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । 
 


Author

थप समाचार
x