घटना-दुर्घटना

दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

इकागज |
साउन १३, २०८० शनिबार १८:२१ बजे

दाङ- दाङस्थित लमही–घोराही सडक खण्डमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

बुटवलबाट फलामको पाइप बोकेर तुलसीपुरतर्फ जाँदै गरेको ना४ख ८४८७ नम्बरको ट्रक घोराही उपमहानगरपालिका–३ मसोटमा पल्टिँदा दुई यात्रु घाइते भएका हुन् । लमही नगरपालिका–२ निवासी १८ वर्षीया रबिना चौधरी र १६ वर्षीया करुणा चौधरी घाइते भएको प्रहरीको भनाइ छ ।


ट्रकको हावा पाइप फुटेपछि साइड लगाएर रोक्ने क्रममा भार थाम्न नसकी ब्याक भएर ट्रक सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रवत्ता डिएस्पी राजनकुमार गौतमले बताए । 

घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x