मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एकको मृत्यु

फाइल फोटो
खजुर - बाँकेको राप्ती सोनारी गाउँपालिका –४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
शुक्रबार राति अन्दाजी १२ बजेको समयमा राप्ती सोनारी गाउँपालिका –४, हुलाकी राजमार्गअन्तर्गत लट्ठापुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका –३, बनघुस्रीका ३० बर्षीय राम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिए ।
इन्चार्ज आचार्यका अनुसार उक्त मोटरसाइकलमा तीनजना सवार रहेको र मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । मोटरसाइकल चालक थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको इन्चार्ज आचार्यले जानकारी दिए ।
मोटरसाइकल सवार अन्य दुई जना राप्ती सोनारी गाउँपालिका –३, बनघुस्रीका २७ बर्षीय हेमकुमार थारु र सोही ठेगानाका ३० बर्षीय प्रकाश थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको वरिष्ठ सई आचार्यले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया