घटना-दुर्घटना

भरतपुरकाे जंगलमा ८ वटा सवारीसाधन एकैपटक ठोक्किए, २० जना घाइते (भिडियाे)

इकागज |
साउन ३१, २०८० बुधबार १४:२४ बजे

भरतपुर - रत्नगनगर सडकको टिकौली जंगलमा आठ वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका- ९ टिकौली जंगलमा बुधवार ११ः४० बजे अक्सफोर्ड कलेज गैंडाकोटको बसले शव बोकेको बोलेरोलाई ठक्कर दिँदा ४ वटा मोटरसाइकल र २ वटा स्कुटर समेत एकआपसमा ठोक्किन पुगेका थिए । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको छ ।  घाईतेहरुको भरतपुर अस्तपाल, पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भईरहको छ । 


गम्भिर घाइते हुनेहरुमा खैरहनी नगरपालिकाका ६५ वर्षीय कृष्णबहादुर तामाङ, ८२ वर्षको जितबहादुर तामाङ, रत्ननगरका- १४ का ५५ वर्षीय कुसुमबहादुर राना, डोलबहादुर कार्की, ३८ वर्षीय सुरेश श्रेष्ठ, रत्ननगर- ९  ३५ वर्षीय किशोर तामाङ र हेटौँडा उपमहानगरपालिका- १४ ६५ वर्षीय महोन तामाङ रहेका छन् । उनीहरुको उपचार भरतपुर अस्पतालमा भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी रत्ननगर- १४ का पुरन लामा, बुद्धिराम तामाङ, रेशम पोख्रेल, रत्ननगर- १६ का दिलबहादुर घिसिङ र काठमाडौँ गोकर्ण- ४ बस्ने ४८ वर्षीया तारा श्रेष्ठ घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । उनीहरुको उपचार भरतपुर अस्पतालमा भइरहेको छ ।

बोलेरो गाडीमा सवार गैंडाकोट नगरपालिका- ८ का ५१ वर्षीय लोकराज लामा, आईतराम कामी, गोपाल तामाङ, पुष्प तामाङ, कृष्ण लामा, जीवन लामा घाईते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । लोकराज बाहेक अन्यको पुरानो मडिकल कलेजमा उपचार भइरहेको छ । बा.प्र.०३–००६ प ९९८१ नम्बरको मोटरसाइकल चालक रत्ननगर- १४ का ३३ वर्षीय शंकर परियार र पछाडि सवार दिवेश शाक्य सामान्य घाईते भएका छन् । 

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ आउँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । लगत्तै बा.प्र.०६–००१प९९८१, बा.प्र.०३–००५प९७, ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरका मोटरसाईकल र बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नम्बरका स्कुटर एकआपसमा ठोक्किएका थिए ।

 


Author

थप समाचार
x