घटना-दुर्घटना

भारतमा एक नेपालीको मृत्यु

इकागज |
भदौ २७, २०८० बुधबार १८:५२ बजे

सांकेतिक तस्विर

बैतडी - बैतडीका सुरेन्द्र साउँदको भारतमा मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउँदको मंगलबार निधन भएको उनका आफन्तसमेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए।

गएको चार/पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको चाडले बताए। परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ। ​


मंगलबार एक्कासि ढलेका साउँदलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक साउँदका एक छोरी र श्रीमती रहेका छन्। उनीहरू पनि दिल्लीमै रहेका छन्।


Author

थप समाचार
x