घटना-दुर्घटना

बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इकागज |
असोज १, २०८० सोमबार २१:१२ बजे

काठमाडौं । बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ बाराकिलोस्थित पूर्व-पश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न.-३-०१०-२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिएको हो। 


दुर्घटनाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो। 

उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। 

 पिकअप गाडी चालक काभ्रे नमोबुद्ध नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Author

थप समाचार
x