घटना-दुर्घटना

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

इकागज |
कात्तिक ५, २०८० आइतबार १८:४० बजे

बुटवल- पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको ७२०९ नं जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परि जीप चालक गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट पाल्पाको रानीमहल घुम्न गएकाहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा मृत्यु हुनेहरूमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।


सो जीप पाल्पाको बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खसेको हो । पर्यटकीय स्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट जीप खोँचमा खसेका कारण उद्धारमा समस्या आएको प्रहरीको भनाइ छ । अहिले घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली उद्धार खटिएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ ।


Author

थप समाचार
x