घटना-दुर्घटना

मनाङ एयरका पाइलट सेढाईंको निधन

इकागज |
कात्तिक ८, २०८० बुधबार ९:४७ बजे

काठमाडौँ- दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ ।

सेढाईंले चलाएको हेलिकोप्टर गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो ।


दुर्घटनामा परी घाइते भएपछि सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि थप उपचारका लागि भारतको मुम्बई लगिएको थियो।

तर नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत सेढाईंको निधन भएको मनाङ एयरले एक विज्ञप्तिमार्फत् बताएको छ ।


Author

थप समाचार
x