घटना-दुर्घटना

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सुभाष कर्ण |
कात्तिक १७, २०८० शुक्रबार २०:१२ बजे

जनकपुरधाम- ट्रयाक्टर दुर्घटनामा परी महोत्तरीमा एक जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो करिब १ बजेको समयमा महोत्तरीको लोहरपट्टि नगरपालिका वडा नम्बर ८ भ्रमपुराको बिगही नदीको किनारमा ट्रयाक्टर पल्टिँदा चालकको ज्यान गएको हो ।

अन्दाजी २५ वर्षीय चालकको नाम वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रदेश २–०२–००१ त १९६९ नम्बरको ट्रयाक्टर चलाएर लैजाँदै गर्दा अनियन्त्रित भएर ट्रयाक्टर पल्टेको बताइएको छ ।


शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको महोत्तरी प्रहरीले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x