घटना-दुर्घटना

डोटीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

इकागज |
कात्तिक २६, २०८० आइतबार १९:४२ बजे

दिपायल- डोटीमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार बोगटानबाट दिपायल आउँदै गरेको जीप केआइ सिंह गाउँपालिका-५ बुहारगाउँस्थित दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार सुपप्र ०३००१ ज ०००५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ३० वर्षीय चालक टेक भाट र जीपमा सवार बोगटान फुड्सिल गाउँपालिका-२ का अन्दाजी १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका छन् । जीपमा चालक र एक जना यात्रु मात्रै सवार थिए ।


घाइतेहरूको राजपुरस्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । जीप सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो । जीप ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


Author

थप समाचार
x