घटना-दुर्घटना

काठमाडौँ उपत्यकामा घटना

दुर्घटनामा एकको मृत्यु, आगलागीमा ३० लाखको क्षति

इकागज |
कात्तिक २७, २०८० सोमबार १८:३ बजे

फाइल तस्बिर

काठमाडौँ- माइतीघर मण्डलाबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा स्कुटर चालक इलाम घर भई हाल काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

यसैबीच काठमाडौँ महानगरपालिका–३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल नष्ट भएको छ । 

यस्तै ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका–५ लुभुमा रहेको न्यू मनकामना हार्डवेयरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । रासस


Author

थप समाचार
x