घटना-दुर्घटना

स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा बालिकाको मृत्यु

इकागज |
मंसिर २, २०८० शनिबार १९:४३ बजे

काठमाडौँ- स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो वालिङ नगरपालिका–१ खहरेको भित्री सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु १ ह ३६८६ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर पल्टिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्सालकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


अटोरिक्सामा चालकसहित ४ जना रहेकामा अरुलाई केही नभएको र बालिका कायरा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए ।


Author

थप समाचार
x