घटना-दुर्घटना

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

इकागज |
मंसिर ३, २०८० आइतबार १८:३७ बजे

बर्दिया- घाँस, दाउरा ल्याउन जंगल गएकी एक महिलाको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालका अनुसार बाघको आक्रमणमा २५ वर्षीया ममता सुनारको मृत्यु भएको हाे । दुई महिला भने घटनालाई देखेर बेहोस भएका उनले जानकारी दिए ।


आज दिउँसो करिब १२:३० बजे राजापुर नगरपालिका-१० सुकुम्बासी बस्ती नजिक रहेको वनमा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x