घटना-दुर्घटना

सात जना मृत अवस्थामा फेला

इकागज |
मंसिर ७, २०८० बिहीबार २०:२४ बजे

सांकेतिक तस्विर

काठमाडौँ - काठमाडौँ महानगरपालिका–१५ सानोभर्‍याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय सङ्गम पोख्रेल आ–आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।  
    
  उदयपुर, त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय प्रदीप वाग्ले आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । रूकुम पश्चिम, चौरजहारी नगरपालिका–५ भाग्री बस्ने ७८ वर्षीय रामबहादुर सार्की सोही ठाउँस्थित सिञ्चाई कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी, रूकुम पश्चिम, आठबिसकोट नगरपालिका–१३ घेत्मास्थित गुहे खोलामा सोही ठाउँ बस्ने ४६ वर्षीय मोती राम बुधबार मृत अवस्थामा फेला परेका छन् ।  


सिरहा, नवराजपुर गाउँपालिका–३ मेनहामा नाम, थर, वतन नखुलेको अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रासस


Author

थप समाचार
x