घटना-दुर्घटना

कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

इकागज |
मंसिर ८, २०८० शुक्रबार १८:४५ बजे

काठमाडौँ- कपिलवस्तुको यशोधरा गाउँपालिका-३, बहडिलवामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । 

बिहीबार लु ४ त १२८० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेमकुमार कुर्मीको छोरा दुई वर्षीय रुपेशको मृत्यु भएको प्रहरीले जनाएको छ । 


ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

ठक्कर दिने ट्याक्टर चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x