घटना-दुर्घटना

कैलालीमा जिपको ठक्करबाट एकको मृत्यु

इकागज |
मंसिर १२, २०८० मंगलबार २०:२० बजे

फाइल फोटो

धनगढी - कैलालीमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साइकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलबार बिहान मृत्यु भएको हो।


ठक्करबाट गम्भीर घाइते भएका उनको लाल रत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
 


Author

थप समाचार
x