सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
गोरखा- गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्लाको सहिद लखन गाउँपालिका-३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा सोही पालिका-३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका-१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजविराजबाट प्राप्त समाचारअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका-४ स्थित कदमाहामा ट्रकको ठक्करबाट सोही नगरपालिका-५ का ३५ वर्षीय मोहमद हारुनको घटनास्थलमा नै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया