घटना-दुर्घटना

भिरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

इकागज |
मंसिर २१, २०८० बिहिवार १४:१२ बजे

फाइल तस्बिर

बाजुरा - बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ । 

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए । 


घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएक िहुन् । भिरबाट खसेको ढुङ्गा लागेर घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए । 


Author

थप समाचार
x