कोटेश्वरमा एम्बुलेन्स दुर्घटना
सांकेतिक तस्बिर
काठमाडौँ- कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दोलखाको कालिन्चोक गाउँपालिका-२ बाबरेमा सञ्चालित प्रदेश-३-०१-०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो ।
गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाेकेर काठमाडौँ आएको थियो । सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो ।
दुर्घटनामा मानवीय क्षति भएको छैन । एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । ठक्करपछि कार चालक फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया