घटना-दुर्घटना

सडक दुर्घटनामा परी भारतमा नेपाली महिलाको मृत्यु

इकागज |
माघ ११, २०८० बिहीबार १९:४८ बजे

फाइल तस्बिर

धनगढी- कैलालीकी एक महिलाको भारतमा ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ ।

कैलालीको लम्की चुहा नगरपालीका-२ की जानकी बिकको मृत्यु भएको हो । उनी रोजगारको सिलसिलामा भारतको बैंग्लोरमा काम गर्दै आएकी थिइन् । बुधबार काम गर्न जाने क्रममा बीच सडकमा पानी बोकेको ट्याङ्करले उनलाई ठक्कर दिएको हो ।


ट्याङ्करले ठक्कर दिँदा जानकीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ । मृतकका आफन्तहरूले ट्याङ्कर चालकलाई कडा कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् । 


Author

थप समाचार
x