घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

इकागज |
माघ १४, २०८० आइतबार १७:६ बजे

धादिङ- धादिङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गजुरी गाउँपालिका-६ जरेखेतस्थित सडकमा प्र.३-०३-००१ प २६३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पा सुनिल स्मृति गाउँपालिका-१ घोडागढीका १९ वर्षीय विशाल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


आइतबार बिहान मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खस्दा घाइते भएका मोटरसाइकल चालक केसीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


Author

थप समाचार
x