घटना-दुर्घटना

ललितपुरमा जर्मनी महिला मृत फेला

इकागज |
माघ १५, २०८० सोमबार १३:२० बजे

सांकेतिक तस्विर

काठमाडौँ- ललितपुरको अपार्टमेन्टमा एक महिला मृत फेला परेकी छन्। मृत फेला पर्नेमा​ एक वर्षदेखि ललितपुरको ग्रीन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया जर्मनी महिला रहेको प्रहरीले जनाएको छ ।

उनी सोमबार  ललितपुर महानगरपालिका–१६, नागबहालमा पर्ने उक्त अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी हुन् ।


उनी लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी परिसर ललितपुरको प्रहरी टोली घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 


Author

थप समाचार
x