घटना-दुर्घटना

पोखरामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

इकागज |
माघ १५, २०८० सोमबार १७:५९ बजे

पोखरा- कास्कीको रूपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ । मृत्यु हुनेमा कास्कीको रूपा गाउँपालिका वडा नम्बर ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेकी छन् ।

शनिबार राति १०:३० बजे लेखनाथबाट रूपा गाउँपालिका जाँदै गरेको ग१४प १५८५ नम्बरको मोटरसाइकल रूपा गाउँपालिका-६ घिमिरेथरमा दुर्घटना न्यौपाने गम्भीर घाइते भएकी थिइन् । 


उनलाई तत्कालै उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । 

दुर्घटनामा न्यौपानेका श्रीमान् तथा मोटरसाइकल चालक वर्ष ३५ का बरुण न्यौपाने सामान्य घाइते भएका छन् । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x