घटना-दुर्घटना

बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

इकागज |
माघ १६, २०८० मंगलबार १८:५१ बजे

धनगढी- बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कटौज पानीमा जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनीषा विष्टको घटनास्थलमै मृत्यु भएको हो । 

सुदूरपश्चिम प्रदेश ०१००ज १५३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।


घाइते हुनेमा कालागाउँका ५० वर्षीय बिरे लुहार, २६ वर्षीय घुमरा विष्ट, ४० वर्षीय कृष्णा विष्ट, ७० वर्षीय हरिमाया विष्ट, १७ वर्षीय महेश विष्ट र ३० वर्षीय जिपभुपेन्द्र विष्ट रहेका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइते सात जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिपमा आठ जना सवार थिए। जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।


Author

थप समाचार
x