घटना-दुर्घटना

रौतहटमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

इकागज |
चैत १८, २०८० आइतबार ११:२७ बजे

फाइल तस्बिर

राैतहट - रौतहटमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाकाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ वर्षीय सुरेश पासवान रहेका छन् । 


रौतहटको हुलाकी राजमार्गमा बौधिमाई नगरपालिका- ४ इनर्वारीका  २५ वर्षीय सुरेश पासवान र परोहा नगरपालिका जिगडवा निवासी अलियासको मोटरसाइकल एक आपसमा ठक्कर दिँदा ठूलो दुर्घटना भएको थियो  ।

दुर्घटना हुँदा नै पासवानको अवस्था निकै कमजोर रहेको थियाे । उनलाई थप उपचारको लागि वीरगञ्‍ज पठाइएको थियो । तर, अस्पतालले उनलाई मृत घाेषणा गर्‍यो ।

 

 

 


Author

थप समाचार
x