नुवाकोट दुर्घटना अपडेट : उपचारका क्रममा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर
काठमाडौँ- नुवाकोटको दुप्चेश्वर गाउँपालिका-३ राउतबेसीको ओरालोमा दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान बा २ ख ६३ ९१ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्-श्रीमती गम्भीर घाइते भएका थिए । उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा ४० वर्षीया रुकसानी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मोटरसाइकल चालक श्रीमान् ४३ वर्षीय अक्सर तामाङको उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार फरार रहेका बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
र, यो पनि
बसले मोटरसाइकललाई ठक्कर दियो, श्रीमान-श्रीमती घाइते
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया