घटना-दुर्घटना

सुर्खेतमा यात्रुवाहक बस दुर्घटना : दुईको मृत्यु, २१ जना घाइते

इकागज |
जेठ ७, २०८१ सोमबार १६:२६ बजे

सुर्खेत- दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनले गाडीमा सवार अन्य २१ जना घाइते भएका, एक जना गम्भीर घाइते भएका र अन्य २० जनाको अवस्था सामान्य रहेको बताए । 


घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको तर रुखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 


Author

थप समाचार
x